२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशसभामा बजेटमाथिको छलफल आजबाट सुरू


65
Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट माथीको छलफल आजदेखि शुरु हुदैछ ।

आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा बजेटमाथी छलफल हुने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बजेटमाथि धेरै असन्तुष्टि बढेपछि असार १० गतेको बैठक स्थगित गरी १३ गतेका लागि वैठक बोलाइए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो ।

बजेट प्रस्तुत गरेको दुई साता बितिसक्दा समेत छलफल हुन सकेको छैन ।