१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कर्मचारी कुट्ने वकिललाई कारबाहीको माग गर्दै देशभरका अदालतहरुमा हड्ताल


1.638k
Shares

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कुटपीट गरेको विरोधमा अदालतका कर्मचारीहरुले देशभरका अदालतहरुमा हड्ताल गरेका छन् ।

कानुनव्यवसायी अमिर लामिछानेले तामाङमाथि गरेको कुटपीटविरुद्ध विरोध स्वरुप कर्मचारीहरुले आइतबार देशभरीका अदालतहरुमा काम रोकेका हुन् ।

हड्तालमा कर्मचारीका चारवटा संगठनहरुको सहभागिता गरेको छ । गत बुधबार अपराह्न साढे ४ बजे ललितपुर जिल्ला अदालतकी नायब सुब्बा तामाङमाथि कनूनव्यवसायी लामिछानेले कुटपिट गरेका थिए ।

मिसिल हेर्ने विषयमा विवाद भएपछि लामिछानेले तामाङमाथि कुटपिट गरेको बताइएको छ ।

कर्मचारीको आन्दोलनका कारण अदालतका कामबारवाही प्रभावित हुँदा सेवाग्राही मर्कामा परेका छन् ।