
काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिब जनतालाई विनाधितो बैंकहरुले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताउनु भएको छ ।
आईतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनु भएको हो ।
सांसद सिंहले गाउँका गरिब जनताबाट निक्षेप संकलन गरेर बैंकहरुले ठूलो व्यापारीहरुलाई मात्रै ऋण दिने गरेकोमा आपत्ति जनाउनु भयो । उहाँले ठूला व्यापारीहरुसँग ठूला नेताहरुको मिलेमतो हुने गरेकाले बैंकहरुले पनि ठूला व्यापारीलाई नै अर्बौको ऋण दिने गरेको आरोप समेत लगाउनु भयो । उहाँले बैंकहरुले गरिबलाई मर्दा र अतिआवश्यक पर्दा पनि विनाधितो ऋण नदिएको उल्लेख त्यो व्यवस्थामा परिवर्तन गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।
सांसद सिंहले गरिवसँग धितो राख्ने कुनै सम्पत्ति नहुने भएकाले उनीहरुलाई राज्यले नै जमानी बसेर बैंकहरुबाट ऋण लिने व्यवस्था गर्नुपर्नेमा पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्