१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


बैतडीको डिलाशैनी गाउँपालिकाले शहीद परिवारलाई मासिक भत्ता दिने


91
Shares

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाले शहीदका परिवारलाई मासिक भत्ता दिने भएको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा शहीदका परिवारलाई मासिक तीन हजार भत्ता उपलब्ध गराउने घोषणा गरेको हो ।

द्वन्द्वका क्रममा शहीद भएकाको परिवारलाई सम्मान गर्न पालिकाले एक वर्षसम्म उनीहरूलाई तीन हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ ।

द्वन्द्वका क्रममा डिलाशैनी गाउँपालिकामा १६ जनाको ज्यान गएको थियो ।