१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले अवैध सम्पत्ति नियन्त्रण गर्न हेलचक्य्राइँ गरेको छैन : कानूनमन्त्री गुरुङ


208
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचक्य्राइँ नगरेको दाबी गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री गुरुङले कालो धन, अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा सरकारले ठूलो-सानो, दायाँ, बायाँ केही पनि नहेर्ने समेत स्पष्ट पार्नुभयो । उहाँले सरकार पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने कुरामा पछि नपर्ने पनि पटकपटक दोहोर्‍याउनुभयो ।

मन्त्री गुरुङले वित्तिय अनुशासन उलंघन गर्नेहरुलाई सरकारले नछोडने पनि दोहोर्‍याउनुभयो ।