१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना महामारी अघिकै अवस्थामा फर्कियो नेपालमा पर्यटक आगमन


676
Shares

काठमाडौं । सन् २०२३ को छ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत बढी हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने बढ्दै गएको छ । बोर्डका अनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म कुल ५ लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

साथै सोही अवधिमा कोरोना महामारी सुरु भएको वर्ष सन् २०२० मा २ लाख २० हजार ८ सय १५, सन् २०२१ मा ५८ हजार ५८ र सन् २०२२ मा २ लाख ४० हजार ९ सय १ विदेशी पर्यटक नेपाल आएका थिए ।

यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको संख्या गत वर्षको तुलनामा ९७ दशमलव ७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६ दशमलव ९३ प्रतिशतले कम हो ।

बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ४४, मार्चमा ९९ हजार ४ सय २६, अप्रिलमा ९८ हजार ७ सय ७३ र मेमा ७७ हजार ७ सय ३ विदेशी पर्यटक नेपाल आएका थिए । साथै जुनमा ७२ हजार २ सय ५० जना विदेशी पर्यटक नेपाल आएका छन् ।