२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


हवाई ईन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्छ : सांसद सुवाल


169
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम सुवालले हवाई ईन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवालले हवाई ईन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताउनुभएको हो । उहाँले सार्वजनिक यातायातमा भने पूर्वाधार विकास कर लगाउनु नहुने बताउनुभयो ।

सांसद सुवालले रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्ने बताउनुभयो । त्यस्तै, निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउनुपर्ने पनि बताउनुभयो ।

उहाँले बिदेशबाट ल्याउने चामलमा कर नलाग्ने भएकाले चिनीलाई चामल भनेर कर छली गरी भित्राइरहेको बताउनुभयो ।

त्यस्तै, छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ को बजेट गरिबको लागि नबनेको बताउनुभयो । उहाँले खानेकुरामा समेत कर लगाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले अर्थ विधेयकमा गरिब मान्छेका लागि केही नभएको बताउनुभयो ।