१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


ललिता निवासको जग्गामा बनेका अनधिकृत संरचना हटाउन महानगरले दियो सात दिने अल्टिमेटम


29.627k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

महानगरले ललिता निवासको जग्गामा निर्माण भएका अस्थायी वा अनधिकृत संरचना हटाउन लागेको जनाएको छ । त्यसका लागि ७ दिनको समय दिएर सूचना टाँसिएको छ ।आइतबार ललिता निवास पुगेको महानगरको टोलीले स्वीकृति नलिई बनाइएका अनधिकृत संरचना हटाउने र ललिता निवास क्षेत्रलाई तारघेराबार गर्ने तयारी गरेको बताएको हो ।

महानगरका प्रहरी प्रमुख राजुनाथपाण्डेका अनुसार स्वीकृति नलिई बनाइएका र अनधिकृत संरचना हटाउन सूचना टाँस गरिएको हो ।

ललिता निवास परिसरभित्र र वरिपरि राष्ट्र बैंकको निर्माणाधीन भवनका सामान राखिएका छन् । ललिता निवासको सरकारी जग्गा कीर्ते गरेर ब्यक्तिको नाममा ल्याइएर भ्रष्टाचार गरेको आरोपमा पूर्व सरकारी कर्मचारी सहित भाटभटेनी सुपरमार्केटमा संचालक समेत चारजना प्रहरी हिरासतमा रहेका छन् । उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।