
काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा गरिएको छ ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।
प्रारम्भिक टोलीमा भारतमा हालै भएको साफ च्याम्पियनसिप खेलेका ६ जना समावेश गरिएको छैन् । साफ च्याम्पियनसिप खेलेका पुजन उपरकोटी, विशाल श्रेष्ठ, मणि लामा, नविन लामा, निशान खडका र दिपक राज सिंह ठकुरीलाई टोली बाहिर राखिएको छ ।
प्रारम्भिक टोलीको गोलकिपरमा किरणकुमार लिम्बु, अनिष देउजा, दिप कार्की, अभिषेक बराल रहेका छन् । डिफेन्डरमा बिमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देबेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा र अन्जन राई छन् ।
यस्तै, मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आभाष लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल र कृतिश रत्न छन् । फरवार्डमा आयुश घलान,नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, बिमल घर्तिमगर, जिलेस्पी जंग कार्की र दिनेश हेन्जन छन् ।
नेपाली टिमको बन्द प्रशिक्षण अगस्ट १ देखि सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्