
काठमाडौं । चालु आर्थिक वर्षमा समग्र निकासी व्यापार निराशाजनक रहे पनि कृषिजन्य वस्तुको निकासी भने उत्साहजनक देखिएको छ ।
आयातित कुषि वस्तुहरू पाम आयल र भटमासको तेलको निकासिमा भारी गिरावट आउँदा कुल निकासी व्यापार नै प्रभावित बनेको छ , तर स्वदेशी कृषिजन्य उपजको निकासी भने बढेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवको ११ महिना अर्थात जेठ मसान्तसम्म मुख्य कुषिजन्य वस्तुको निकासी बढेको छ । मूल्यका हिसाबले आलैंची निकासी सबैभन्द बढी छ ।
जेठसम्म नेपालले ७ अर्ब ७० करोड २१ लाखबराबरको आलैंची निकासी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६९ प्रतिशत बढी हो ।
यससँगै कुल निकासीमा अलैंचीको हिस्सा ५.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस अवधिमा ४ अर्ब ५५ करोड ६६ लाख रुपैयाँको अलैंची निकासी भएको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्