
काठमाडौं । आइतबार रातीदेखि अवरूद्ध भएको मुग्लिन–नारायणघाट सडक सञ्चालनमा आएको छ ।
सडकखण्डको तीन नम्बर पुलमा पहिरो खसेपछि अवरुद्ध भएको सडक अहिले बिहानदेखि सुचालु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाएपछि सडक दुईतर्फी नै संचालन भएको छ । पहिरो गएकै स्थानमा पल्टिएको ट्रकलाई किनारामा राखिएको छ । गत शनिबार रातीदेखि रोकिएको सडक आइतबार १८ घण्टापछि खुलेका थियो । २ बजे पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको थियो । सो स्थानमा गत बिहीबारदेखि पहिरो खस्ने क्रम चलिरहेको छ।
राजधानी काठमाडौंलाई जोड्ने राष्ट्रिय राजमार्ग बारम्बार अवरुद्ध हुँदा सर्वसाधारणको यात्रा अनिश्चित हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्