१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल बार एसोसिएसनले आज बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने


416
Shares

काठमाडौं । अदालतका कर्मचारी कूटपिटको आरोपमा पक्राउ परेका कानून ब्यावासयीलाई रिहा गर्न माग गर्दै नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएको छ ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा सोमबार दशैभरिका अदालतहरुमा बन्दी प्रत्यक्षीकरण बाहेका मुद्दामा बहस पैरवी नगर्ने उल्लेख छ । देशभरिका बार इकाइ, वरिष्ठ अधिवक्ता तथा अभिवक्ताहरुलाई बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि बहस नगर्न भनिएको पनि घिमिरेले बताउनु भएको छ ।

ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रेमिका तामाङलाई कुटेको आरोपमा प्रहरीले कानून अमिर लामिछानेलाई पक्राउ गरेको छ । बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने र लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने माग समेत गरेको छ ।

जिल्ला अदालत ललितपुरकी नासु तामाङलाई लामिछानेले कार्यालयभित्रै आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरु पनि विरोधमा उत्रिएका छन् । आइतबार उनीहरुले तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।