
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राष्ट्र बैंकको मौद्रिक नीतिले मूल्यवृद्धिलाई पनि कन्ट्रोल गर्ने र जिडिपीलाई पनि बढाउने गरी एक्सन लिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
राष्ट्र बैंकले सन्तुलन कायम गर्दै कोरोना महामारी र विदेशी मुद्रा सञ्चिति कन्ट्रोल गर्ने क्रममा लिएको नीतिहरु खुकुलो बनाउनुपर्ने उहाँको भनाई छ ।
अर्थतन्त्रको व्यवस्था र उद्योग व्यवसायको अवस्थालाई चलायमान र माथि उकास्नलाई सरकारसँग समन्वय गरेर के निकास निकाल्दा अर्थतन्त्र चलायमान हुन्छ भन्ने कुरामा आफू बढी केन्द्रित हुने बताउँदै अध्यक्ष अग्रवालले अहिले मुलुकको अर्थतन्त्र समस्या र चुनौतिको मारमा रहेको बताउनुभयो ।
अध्यक्ष अग्रवालले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल गर्ने भने पनि २ प्रतिशत पुग्ने अवस्था समेत नरहेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्