२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सरकारले दलितका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ : सांसद सुनार


572
Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले सरकारले अहिलेसम्म पनि दलितहरुका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाउनु भएको छ ।

सोमबार राष्ट्रिय सभा बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले २३ प्रतिशत जनसंख्या रहेका दलितहरुका लागि किटानीका साथ बजेटको व्यवस्था नगरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

सांसद सुनारले कर्णाली प्रदेशमा बजेटको माग गर्दै प्रर्दशन गरिरहेका दलितहरुलाई नियन्त्रणमा लिने क्रममा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनुभयो ।

सांसद सुनारले पहुँच हुनेहरुका लागि मात्रै सरकारले बजेट विनियोजन गरेको आरोप समेत लगाउनुभयो ।