१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि, पारित


65
Shares

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आन्तरिक कार्यविधि,२०८० सर्वसहमतिले पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सांसद अम्मरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले उक्त कार्यविधि पारित गरेको हो ।

समितिको सोमबारको बैठकमा कार्यविधिको मस्यौदामाथि दफादार छलफल गरी कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गरिएको हो ।

संघीय संसदको प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७८ को उपनियम (७) बमोजिम समितिले उक्त कार्यविधि बनाएर पारित गरेको समिति सभापति थापाले जानकारी दिनुभयो ।

समितिको बैठकलाई थप व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउनका लागि संघीय संसदको प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७८ को उपनियम (७) बमोजिम समितिले कार्यविधि बनाएको हो ।