
काठमाडौं । मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले नुवाकोटको बेलकोटगढी नगरपालिका ७ रातमाटेस्थित सबस्टेसन निर्माणका लागि स्थानीयलाई मुआब्जा वितरण गरेको छ ।
रातमाटे सबस्टेसनका लागि एक सय ८९ मध्ये एक सय ७८ कित्ता जग्गा प्राप्ति गरिएको र ती मध्ये एक सय ७५ परिवारलाई मुआब्जा स्वरूप एक अर्ब २६ करोड रुपैयाँ वितरण गरेको एमसीए नेपालले जनाएको छ ।
जस अन्र्तगत सडक विभागलाई प्रयोगशाला उपकरण हस्तान्तरण, उपकरण प्रयोगबारे प्रशिक्षण र इन्जिनियरलाई तालिम, प्रयोगशाला निर्माण सम्पन्न गरिएको एमसीए नेपालले जनाएको छ ।
मुआब्जा वितरणपछि भारतीय सीमादेखि बुटवल, बुटवल-दमौली, दमौली-रातामाटे (नुवाकोट), रातमाटे हेटौंडा र रातामाटे लप्सीफेदी (काठमाडौं) प्रसारण खण्ड निर्माणका लागि १२ सय किलोमिटर लामो विद्युुुुुुुुुुुुुुुुुुुत प्रशारण लाइन निर्माण सुरु हुने छ ।
यस्तै, आगामी आर्थिक वर्षमा प्रसारण लाइन विकासको लागि वन मन्त्रालयसँग सम्झौता गर्ने तयारी एमसीए नेपालले गरेको छ । यो कार्यक्रममा नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्दै छ । यसरी एमसीसीको परियोजनामा ६३ करोड अमेरिकी डलर (करिब ७२ अर्ब रुपैयाँ) लगानी हुने छ ।
परियोजनासम्बन्धी प्रारम्भिक कार्यमा आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब २४ करोड १४ लाख तथा हालसम्म नेपाल सरकारको स्रोतबाट ९५ करोड ७६ लाख ९४ हजार रुपैयाँ र एमसीएको स्रोतबाट एक अर्ब ३५ करोड २९ लाख रुपैयाँ समेत गरी दुई अर्ब ३१ करोड रुपैयाँ बराबर खर्च भएको जनाइको छ ।
प्रतिक्रिया दिनुहोस्