
काठमाडौं । लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको सचिव बैठकमा सरकारका केही सचिवहरूले आक्रोश पोखे ।
डा. बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उहाँले गत शुक्रवार पहिलोपटक आफ्नै अध्यक्षतामा सचिव बैठक राखेर सुझावहरू लिनुका साथै केही निर्णयहरू पनि गराउनुभयो ।
यसअघिका मुख्य सचिव शंकरदास वैरागीले पछिल्ला महिनामा सचिव बैठक नियमित राख्न सक्नुभएको थिएन । प्रत्येक महिना बसेर महत्वपूर्ण निर्णय लिनुपर्ने सचिव बैैठक केही महिनादेखि अवरुद्ध हुँदै आएको थियो ।
तर, मुख्य सचिव अर्यालले हरेक महिनाको पहिलो सोमबार सचिव बैठक बस्ने निर्णय गराएर बैठकलाई निरन्तरता दिलाउनुभएको छ । यद्यपि, मुख्य सचिव अर्यालले सचिवहरूको पहिलो बैठकमा नै कडा प्रश्नहरूको सामना गर्नुपरेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्