१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन टेनिस बेलायतमा सुरु


130
Shares

काठमाडौं । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन सोमबारबाट बेलायतमा सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन साविक विजेता नोभाक जोकोभिच विजयी भएका छन् । सर्वियन खेलाडी जोकोभिचले पहिलो चरणमा अर्जेन्टिनाका पेड्रो चाचिनलाई ६/३, ६/३ र ७/६ ले पराजित गरे ।

सर्वाधिक २३ ग्राण्डस्लामको उपाधि विजेता जाोकोभिच यस वर्षको विम्बल्डनमा २४ औं ग्राण्डस्लामको उपाधि खोजिरहेका छन् । जोकोभिचले करियरमा सात पटक विम्बल्डन टेनिसको उपाधि जितिसकेका छन् ।

पहिलो दिनका अन्य खेलहरु जित्दै रुसका आन्द्रे रुब्लेभ, स्विट्जरल्याण्डका स्टानिस्लास वावरिङ्का, इटालीका यानिक सिनर लगायतका खेलाडीहरु पनि दोस्रो चरणमा पुगेका छन् ।