
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका बसन्तपुर क्षेत्रमा सवारी साधन निषेध गरेको छ ।
महानगर प्रमुख बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत बसन्तपुर हनुमानढोका क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन सवारी साधनको प्रवेश निषेध गरिएको जानकारी दिनुभएको हो ।
काठमाडौं उपत्यका आफैंमा उत्कृष्ट कालीगढीको नमूना भएको र त्यसमाथि हनुमानढोका र वसन्तपुर क्षेत्र विशेष रहेको भन्दै मेयर साहले सो क्षेत्रको वातावरण शान्त र सुरम्य राख्नु सवैको दायित्व रहेको बताउनु भएको छ ।
बसन्तपुर हनुमानढोका क्षेत्रमा दैनिक हजारौँ पर्यटकहरू आउने यो संख्या बढेर लाखौँ हुनसक्ने भन्दै उहाँले प्रमुख पर्यटकीय सम्पदा क्षेत्रको वातावरण अक्षुण राखी विश्वलाई गौरवसाथ देखाउन सक्नुपर्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्