२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रिय सभाको बैठक आज बस्दै


91
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक दिउँसो १ बजे शुरु हुनेछ । मंगलबारको बैठकमा चार वटा मन्त्रालय विनियोजन शीर्षकहरूमाथि छलफल हुने सचिवालयल जनाएको छ ।

मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ ।