
अर्घाखाँची । अर्घाखाँचीमा बँदेल धपाउन थापेको विद्युतीय पासोमा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ३ का २६ वर्षिय बिमल महतको जनावरका लागि थापेको विद्युतीय पासोमा परि मृत्यु भएको हो ।
जंगलबाट अरिङगाल पोली फर्कने क्रममा छत्रदेवका केशव खनालको घर नजिकै रहेको मकैबारीमा बँदेल लगायत जंगली जनावरका लागि थापेको विद्युतीय पासोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बँदेल धपाउन करेन्ट लगाउने खनाललाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्