२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्घाखाँचीको पाणिनीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक जना घाइते


143
Shares

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका–१ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको हो ।

पहिरोमा परेर १० वर्षका धनबहादुर रास्कोटी, १२ वर्षका खुमबहादुर रास्कोटी र ११ वर्षकी मञ्जु रास्कोटीको मृत्यु भएको पाणिनी गाउँपालिकाकाले जनाएको छ ।

ज्यान गुमाएका बालबालिका दाजुभाइका छोराछोरी रहेका छन् । पहिरोमा पुरिएका अर्का १४ वर्षका बालक सचिन रास्कोटी घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

पाणिनी गाउँपालिकाका अनुसार सुतिरहेका बेला उनीहरु पहिरोमा परेका हुन् । घरका अन्य सदस्य भने उठेर गोठको काम गर्न थालेकाले जोगिएका थिए ।