१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभामुख घिमिरेसँग प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक जारी


507
Shares

काठमाडौं । संसदीय समितिका सभापति चयन गर्ने र समितिको प्रभावकारीताका विषयमा सभामुख र प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक जारी छ ।

सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुनमन्त्री धनराज गुरुङ सहभागी छन् ।

सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल आयोजना गरेको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समितिहरु छन् । ती सबै संसदीय समितिका सभापति चयन भएका छैनन् ।

राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति बिहीन छन् । समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका छन् । यसअघि पनि पटक पटक ध्यानाकर्षण गराउँदा पनि दलहरुले समिति सभापति चयन गर्न चासो नदेखाएको भन्दै सभामुख घिमिरेले असन्तुष्टि जनाउँदै आउनुभएको छ ।