१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समयमै काम सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्नुपर्छ : सांसद देवकोटा


260
Shares

काठमाडौं । राष्ट्रिय सभा सांसद अनिता देवकोटाले राष्ट्रिय गौरवको आयोजनाहरु समयमै सम्पन्न नगर्ने ठेकदार कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सो माग गर्नुभएको हो ।

सांसद देवकोटाले समयमै सम्पन्न नगर्ने हो भने राष्ट्रिय गौरवका आयोजनाहरुको नामाकरण नगर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरुमा चरम भ्रष्टाचार मौलाएको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न पनि सरकारलाई गम्भिर बन्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

सांसद देवकाटाले निर्माणाधिन सडक आयोजनाहरुका लागि आवश्यक बजेटको व्यवस्था नगरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।