
बैतडी । बैतडीको पाटन नगरपालिकास्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या घटनामा एक दम्पतीको संलग्नता पुष्टि गर्दै जिल्ला अदालतले जन्मदकैदको फैसला सुनाएको छ ।
शिक्षक विष्टको हत्यामा संलग्न पुर्चाैडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरालाई जन्मकैद र उनकी २२ वर्षीया श्रीमती विमलालाई ६ वर्ष कैदको फैसला सुनाइएको हो । बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले प्रजालाई २५ वर्षका लागि जन्मकैद र उनकी श्रीमती विमलालाई ६ वर्ष कैद सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार जनकसिंह बोहराले जानकारी दिनुभयो ।
सूर्नया गाउँपालिकाका ५५ वर्षीय शिक्षक गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत अवस्थामा भेटिएका थिए । शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवै जनाविरुद्ध बैतडी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा दुईपटक म्याद थपेर अनुसन्धान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्