५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


ललिता निवास प्रकरणमा पक्राउ परेकाको मुद्दा हेर्न नभ्याइनेमा


16.315k
Shares

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङ, सुधिर शाह र धर्मप्रसाद गौतमले दायर गरेको मुद्दा मंगलबार हेर्न नभ्याइने भएको छ ।

न्यायाधीश आन्नदमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिए पनि मंगलबार हेर्न नभ्याइनेमा परेको हो ।

यही असार १५ गते न्यायाधीश कुमार चुडालको एकल इजलासले उक्त मुद्दामा सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । सर्वोच्चले आदेश जारी हुन नपर्ने मनासिव आधार कारण र प्रमाण भए सो समेत खुलाई म्याद प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र कागज प्रमाणसहित महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न विपक्षी गृह मन्त्रालयको नाममा आदेश जारी गरेको थियो ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका गुरुङ, शाह र गौतमले आफूहरुलाई हदम्याद कटीसकेको मुद्दामा पक्राउ गर्नु अवैध भएको भन्दै असार १४ गते हिरासतबाट मुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रतक्षीकरण रिट निवेदन दायर गरेका थिए ।