२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुरइ नदिमा मल्ट्रिस्पायन ट्रस पुल निर्माण अन्तिम चरणमा, स्थानीय खुशी


1.638k
Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका सुरइ नदिमा मल्ट्रिस्पायन ट्रस पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

दुईवटा स्थानीय तह जोड्ने ट्रस पुल निर्माणसँगै दुवै पालिकाका स्थानीय खुशी भएका छन् । पुलले कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकालाई जोडेको छ । सुरइ नदिमा निर्माणको अन्तिम चरणमा पुगेको पुल निर्माणले विजयनगर गाउँपालिका महदेइया, मैनारी, पत्थरदेइया, जगदीशपुर, कढिहा गाउँका स्थानीयको मुख्य बजार कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज बजार आउजाउमा सहज भएको छ ।

वर्षाको समयमा सुरइमा आउने बाढीले वारीपारी गर्न जोखिम बढेको थियो । पुल निर्माणसँगै दुवै पालिकाका नागरिकलाई आवतजवत गर्न सहज भएको कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।गाउँपालिकाबाट बहादुरगञ्जमा रहेको रामगोरखा माविमा अध्ययन गर्न आउने विद्यार्थीहरु वर्षायाममा विद्यालय आउजाउ गर्न समस्या थियो । पुल बनेपछि बहादुरगञ्ज बजारमा किनमेल गर्न जान सहज भएको छ ।