
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालका सचिव मधुकुमार मरासिनीले सरकारले सुनचाँदी बिलासिताको वस्तु भएकाले करमा वृद्धि गरिएको दाबी गर्नुभएको छ ।
मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै सचिव मरासिनीले यस्तो बताउनुभएको हो । उहाँले सुनचाँदीका वस्तुहरु बिलासिताको वस्तु भनेर सरकारले कर वृद्धि गरेको बताउनुभयो ।
सचिव मरासिनीले व्यवसायीहरुले विलासिताको वस्तु होइन भनेपनि धेरै लगानी गर्नुपर्ने भएकाले २ प्रतिशत थप विलासिताको कर समेत लगाएको बताउनुभयो । उहाँले गत वर्ष मुलुकको विदेशी मुद्रा सञ्चितिमा परेको प्रभावको कारण सुनचाँदी आयातमा कोटा प्राणाली लगाएको बताउनुभयो । उहाँले १० लाखको सुन किनेर २० लाख बनाउनु भन्दा १० लाख अन्य ठाउँमा लगानी गर्दा केहीले रोजगारी समेत सिर्जना हुने बताउनुभयो ।
सचिव मरासिनीले सरकारले हेर्दा सुनचाँदी वस्तु धेरै आयात हुने वस्तुमा परेकाले गत वर्ष सुन आयातमा कोटा सिस्टम लागू भएको बताउनुभयो । उहाँले सुनचाँदी कुनै सिटामोल खाए जस्तो नभएको बताउनुभयो ।
सचिव मरासिनीले सिटमोल जस्तो खानै र लगाउनै पर्छ भन्ने सुनचाँदीमा नभएको बताउनुभयो । उहाँले सरकारले सुनँचादी आयातलाई नियन्त्रण गर्न खाजेको दाबी गर्नुभयो । उहाँले बजेटले व्यवस्था गरेको थप कर खारेजको विषयमा मन्त्रालयले छलफल चलाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्