७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


एमालेसँग गठबन्धन हुन सक्दैन : मन्त्री बस्नेत


845
Shares

सर्लाही । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेकपा एमालेसँग मिलेर नयाँ सरकार बनाउन लागेको हल्ला सत्य नभएको बताउनुभएको छ ।

सर्लाहीको कौडेनामा मंगलबार नगर अस्पतालको उद्घाटन गर्दै मन्त्री बस्नेतले वर्तमान गठबन्धन नै कायम रहने दाबी गर्नुभयो ।

नेकपा एमालेमा बस्न नसकेर यसअघि समाजवादी तथा माओवादीका नेताहरु समेत बाहिरिएकाले त्यस्तो काउसो जस्तो पार्टीसँग कांग्रेस मिल्नै नसक्ने उहाँले बताउनुभयो । कार्यक्रममा खानेपानी मन्त्री महिन्द्र राय यादवले पनि यो गठगन्धन कायम रहने बताउनुभयो ।

यो सरकारले नागरिकताको समस्या समाधानसहित जनताका समस्या हल गर्दै अघि बढिरहेको मन्त्री यादवले उल्लेख गर्नुभयो । गाउँपालिकाले १ करोड ७९ लाख रुपैयाँ लागतमा १५ बेडको अस्पताल निर्माण गरेको हो ।