१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणाली लागू हुने


5.512k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने जनाएको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले पुरानो पाठ्यक्रमको अन्तिम शैक्षिक सत्र भएकाले पुरानै लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नतिजा सार्वजनिक गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ ।

चालु शैक्षिक सत्रमा सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसार पढाइ भएकाले अबदेखि भने नयाँ ग्रेडिङ प्रणाली लागू हुने अध्यक्ष शर्माको भनाइ छ । गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईको नतिजा शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी छ । परीक्षामा देशभरका करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए ।