२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


चीनमा भारी वर्षाका कारण लाखौं मानिस प्रभवित


1.456k
Shares

एजेन्सी । चीनमा लगातारको भारी वर्षाका कारण केही घरहरु भत्कनुका साथै बाढीले नदी किनारका घरहरु बगाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार छोङछिङ शहरका दर्जनौं घरहरु वर्षाले भत्किएका हुन् । वर्षाको पानी घरघरमा पस्दा थुप्रै मानिसहरु घरभित्रै थुनिएका छन् । सिछुआन प्रान्तमा मात्रै ४ लाख ६० हजार बढी सर्वसाधारण बाढीबाट प्रभावित भएका छन् ।

वर्षा प्रभावित लाखौंलाई सुरक्षित स्थानतर्फ सारिएको छ । चीन सरकारले भारी वर्षासँगै बाढीपहिरो आउन सक्ने भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन अपील जारी गरेको छ । भारी वर्षाले सवारी साधनहरु बीचमै अड्किंदा यातायात सेवामा पनि असर परेको छ ।

चीन सरकारले सिछुआन प्रान्तका २६ वटा क्षेत्रलाई बाढीको उच्च जोखिम क्षेत्र भन्दै चेतावनी जारी गरेको छ ।