
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिबारे आजको संसद् बैठकमा जवाफ माग्ने भएको छ ।
प्रधानमन्त्री दाहालले प्रस्ट नपारेसम्म संसद् चल्न नदिने एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताउनुभएको थियो ।
एमालेले प्रतिनिधिसभा बैठकअघि संसदीय दलको बैठक बोलाएको थियो । प्रधानमन्त्री दाहाल पटक–पटक अभिव्यक्तिका कारण विवादमा आउने गर्नुभएको छ । पछिल्लो समय नेपालमा सरकार बन्ने कुरा दिल्लीमा निर्भर हुने सन्देश जाने अभिव्यक्ति दिएपछि उहाँ विवादमा आउनुभएको छ ।
यसै बिषयलाई लिएर एमालेले प्रधानमन्त्रीको जवाफ माग्न लागेको हो । प्रतिनिधि सभाको बैठक बुधबार ३ बजे बस्दैछ । भने राष्ट्रिय सभाको बैठक साढे २ बजे बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्