
काठमाडौं । केहि दिन देखि शेयरबजारका लगानीकर्ताको मनस्थिति अस्थिर देखिएको छ ।
बैकको व्याज तिर्नुपर्ने चापका कारण साताको दुई दिन घटेको अनुमान गरिएको शेयर बजार मंगलबार भने दोहोरो अंकको सुधार देखिएको थियो । आज बुधवार ३९ अंकले घटेर २ हजार ४९ विन्दुमा झरेको छ ।
सबै उपसूचक रातो रहेको बजारमा कारोबार तीन अर्ब माथि रह्यो । केही दिनदेखि लगातार उकालो लागिरहेको सिटी होटलका लगानीकर्ताले आज पनि कमाउने क्रम जारी रह्यो ।
आज सिटी होटल र रावा इनर्जीका लगानीकर्ताले १० प्रतिशत बराबर कमाए । आज जम्मा १४ कम्पनीको शेयर मूल्य बढ्दा २ सय ८ कम्पनीको घटेको छ । आजको बजारमा २ सय ७७ कम्पनीका ८० लाख कित्ता शेयर ३ लाख ७ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्