२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


समाजलाई अगाडि बढाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ : सभामुख घिमिरे


117
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारिता क्षेत्रले संसदलाई राष्ट्रको हीतमा काम गराउन भूमिका खेल्ने बताउनुभएको छ ।

बुधबार संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभामुख घिमिरेले संसदलाई सबल र राष्ट्रको हीतमा काम गराउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको हो । उहाँले संसदभित्र भएका समस्या र कमी कमजोरीहरुलाई क्षमता र योग्यताले भ्याएसम्म व्यवस्थापन गर्दै जाने बताउनुभयो ।

सभामुख घिमिरेले पत्रकारिता क्षेत्रले नेपाली समाजलाई अगाडि बढाउन विगतदेखि नै महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरु चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मनोविज्ञानबाट मुक्त हुनुपर्ने बताउनुभयो । उहाँले चुनाव जसरी पनि जित्नुपर्ने नभइ स्वस्थ प्रतिष्पर्धा गरेर जितेर आउनु राम्रो हुने धारणा राख्नुभयो ।

सभामुख घिमिरेले संसदीय बिटमा पत्रकारिता गर्ने पत्रकारहरुलाई संघीय संसदका पदाधिकारीहरु, संसद सचिवालय लगायत सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।