
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ढलको व्यवस्थापन नभएसम्म काठमाडौं उपत्यकाका नदीहरु सफा बन्न नसक्ने बताउनुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद पौडेलले काठमाडौंका नदीहरु ढल बगाउने नदी बनिरहेकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले नदीका दुवैतर्फ करिडोर बनाएर ढलको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी रहेको बताउनुभयो ।
सांसद पौडेलले काठमाडौं उपत्यकाका नदीहरुलाई सफा बनाउनु जरुरी भइसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्