१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


मिटरब्याजीकाविरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्षले संसद अवरोध गरे : प्रधानमन्त्री दाहाल


767
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्न नदिन प्रतिपक्ष दलले संसद अवरोध गरेको आरोप लगाउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रिय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बुधबार संसदमा मिटरब्याजीका विरुद्धको प्रतिस्थापन विधेयक पास गर्ने कार्यसूचि रहेको तर प्रतिपक्ष दलले विधेयक पास हुन नदिन पुस्तक विमोचनका बेलाको अभिव्यक्तिलाई बहाना बनाएर सदन अवरोध गर्ने कोशिस गरेको बताउनुभयो । उहाँले पुस्तक विमोचनका बेला आफूले पुस्तकका पात्र २०७२ सालतिर आफूलाई प्रधानमन्त्री बनाउन कहिले नेपालका राजनीतिक दल र कहिले दिल्ली धाउने प्रितम सिंहले भनेको कुरालाई आफूले बोलेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले केही समयभित्रै माओवादीहरुको एकता निश्चित रहेको बताउनुभयो । उहाँले समाजवादी मोर्चा पनि पार्टी एकता गर्ने उद्देश्यबाट बनेको बताउनुभयो । उहाँले समाजवादी मोर्चालाई देशभर लैजानका लागि बैठक बसेर केही दिनभित्र निर्णय लिने बताउनुभयो । उहाँले आफ्नो साथ छोडेर गएकाहरु पनि प्रचण्डबिना हुँदैन भनेर आउनु खुशीको कुरा भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले दाहालको नामबाट देशका सबै वर्गा, समुदाय, जनता समेटिएकाले पुष्पकमल दाहालको नामबाट हस्ताक्षर नगरेको बताउनुभयो ।