७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


गृहमन्त्री श्रेष्ठद्वारा मानवीय सहायता स्थलको निरीक्षण


182
Shares

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको सिनामंगलमा रहेको मानवीय सहायता स्थलको निरीक्षण एवं अवलोकन गर्नुभएको छ ।

बुधबार मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तत्काल उद्धार कार्यमा खटिने मानवीय सहायता स्थलको अवलोकन गर्नुभएको हो ।

सरकारले देशका विभिन्न ११ स्थानमा मानवीय सहायता स्थल बनाइ विपद् न्युनिकरण एवं व्यवस्थापनका लागि काम गरिरहेको छ । अवलोकन एवं निरीक्षणपपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तत्कलै सहायता गर्न जानसक्ने श्रोत, साधन र जनशक्ति एवं सामाग्रीहरुको निरीक्षण गरेको बताउनुभयो ।

उहाँले विपद् न्युनिकरणका लागि सरकारले धेरै सुधार गर्नुपर्ने र सोहीअनुसार सरकार अघि बढीरहेको पनि बताउनुभयो ।

मन्त्री श्रेष्ठले सरकारले जोखिमलाई न्युनिकरण र व्यवस्थापनको तयारी व्यवस्थित र प्रभावकारी बनाएको दाबी गर्नुभयो ।