२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभा बैठक शुक्रबारसम्मका लागि स्थगित


429
Shares

काठमाडौं । नेकपा (एमाले)को अवरोधका कारण ३० मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बिहीबार सम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह दिल्ली गएको भनी दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद अवरोध गरेका थिए ।

एमालेका सांसदको अवरोधपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । पुनः बैठक बस्ने विषयमा दलहरुबीच सहमति नजुटेपछि शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।