८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


घोराही सिमेन्टको लहरो तान्दा पहरो गर्जियो


17.602k
Shares

काठमाडौं । सर्वसाधारण लगानीकर्तालाई झुक्काउने गरी बदनियतपूर्ण ढंगबाट प्रिमियर मूल्यमा आईपीओ जारी गर्ने घोराही सिमेन्ट इन्डस्ट्रिजका सञ्चालक, फर्जी आवेदक र फर्जी आवेदनलाई अनुमोदन गर्ने एनआईसी बैंक, निष्कासन तथा बिक्री प्रबन्धकमाथि थप छानविन गरी कारबाही हुने भएको छ ।

सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्य देखिएको भन्दै नेपाल धितोपत्र बोर्डले बुधबार जालसाजीसम्बन्धी नेपाल प्रहरीसमक्ष छानविन र कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओमा आवेदन दिएका लगानीकर्ताले आईपीओ फिर्ता लिन चाहेमा फिर्ता दिने निर्णयसमेत गरेको छ ।

बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाका अनुसार लगानीकर्ताले आईपीओ फिर्ता लिन चाहेमा निष्कासन तथा बिक्री प्रबन्धकले सूचना निकालेको तीन दिनभित्र आवेदन दिनुपर्ने बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।