८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बाढी र पहिरोले लियो २४ जनाको ज्यान


390
Shares

काठमाडौं । यस वर्ष मनसुन सुरू भएपछि बाढी र पहिरोमा परी मुत्यु हुनेको संख्या २४ पुगेको छ भने बाढी पहिरोमा परी बेपत्ता हुनेको संख्या २५ रहेको छ ।

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य महाशाखाले दिएको जानकारीअनुसार अहिलेसम्म बाढी र पहिरोबाट १८ जिल्ला प्रभावित भएका छन् ।

ती जिल्लामा गएको बाढी पहिरोमा परी १० जना घाइते भएका छन् भने ७४ वटा पक्की घर पूर्ण रूपमा ध्वस्त हुनुका साथै १ सय १८ घरमा आंशिक क्षति पुगेको पनि सो महाशाखाले जानकारी दिएको छ ।मृत्यु हुनेमा महिलाभन्दा पुरुष बढी रहेका छन् । बाढी र पहिरोमा परेर मृत्यु हुने पुरुषको संख्या १५ र महिलाको संख्या ९ पुगेको छ ।

पहिरोबाट १८ जिल्लाका ४ सय ५४ परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ । बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपियाँ बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।