१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नोभाक जोकोभिच र इगा सिवाटेक विम्बल्डन टेनिसको तेस्रो चरणमा


65
Shares

काठमाडौं । शिर्ष खेलाडीहरु नोभाक जोकोभिच र इगा सिवाटेक विम्बल्डन टेनिसको तेस्रो चरणमा पुगेका छन् ।

वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनको दोस्रो चरणको खेलमा अष्ट्रेलियाका जोर्डन थम्पसनलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिच तेस्रो चरणमा पुगेका हुन् ।

थम्पसनविरुद्धको खेल जोकोभिचले ६–३, ७–६ र ७–५ को सेटमा जिते । पुरुषतर्फकै अर्को खेलमा अष्ट्रियाका डोमिनिक थियामलाई ३–२ को कठिन सेटमा हराउँदै ग्रिसका स्टेफानोस सित्सीपास तथा बेलायतका अर्थर फेरीलाई ३–० को सेटमा हराउँदै रुसका डानिल मेदभेदेब पनि तेस्रो चरणमा पुगेका छन् ।

यस्तै, महिलातर्फ शिर्ष वरियताकी इगा सिवाटेक तेस्रो चरणमा पुगेकी छिन् । दोस्रो चरणको खेलमा स्पेनकी सोरिबेस तोर्मोलाई ६÷२ र ६÷० को सोझो सेटमा हराउँदै सिवाटेक तेस्रो चरणमा पुगेकी हुन् ।