
काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बुझिएको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता सहभागी छन् ।
जनमत पार्टीलाई सरकारमा ल्याउने तथा कोशीमा नयाँ सरकार गठनलगायतका विषयमा छलफल भईरहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्