२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


कांग्रेस जिल्ला सभापतिहरूको बैठक ललितपुरमा शुरु


143
Shares

ललितपुर । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ ।

बिहीवार मध्यान्ह ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको हो । दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुनेछ ।

बैठकमा पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा तथा खेलकुदमन्त्री एवं कांग्रेस नेता डिगबहादुर लिम्बू लगायतका नेताहरु पनि सहभागी हुनुहुन्छ ।