
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने व्यक्तिहरुको रकम चोरी गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
पाँच जनाको समूहमा रहेर चारी डकैती गर्ने सो समूहले सार्वजनिक सवारी साधनमा यात्रा गर्दै गरेका विष्णु अधिकारीको साथबाट ७ हजार ४७ अमेरिकी डलर चोरी गरेका थिए । प्रहरीले ललितपुरको ग्वार्कोबाट २ लाख रुपैयाँ र मोबाइल चोरी गरेको डलर साटी दिने मंगल लक्ष्मी र ललितपुरको बकुबहाल स्थित महाबुद्ध मनि एक्स्चेन्जबाट १ सय दरको २८ वटा अमेरिकी डलरसहित सन्जिव तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्