
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानूनको प्रतिकुल हुनेगरी कुनैपनि कुराको विज्ञापन गर्न नपाइने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल कार्यक्रममा बोल्दै मन्त्री शर्माले संविधान र कानूनले गरेको व्यवस्थाको प्रतिकुल हुनेगरी विज्ञापन गर्न नपाइने बताउनुभएको हो ।
उहाँले पछिल्लो समय डिजिटल माध्यममा औषधिको समेत विज्ञापन गर्ने गरीएको भन्दै यसले मानव स्वास्थ्यमा समस्या नै देखापरेको बताउनुभयो । मन्त्री शर्माले के–के कुराको विज्ञापन गर्न पाइने र के–के कुराको विज्ञापन गर्न नपाइने हो भन्ने कुरामा कडाइ हुनुपर्ने बताउनुभयो । यद्यपी यस सम्बन्धमा कानूनी व्यवस्था भएपपनि कानूनी दायरा र सजायको पाटो भने कमजोर भएको उहाँको भनाई छ ।
मन्त्री शर्माले अनलाइन सपिङ गर्न पाउने कि नपाउने भन्ने विषयमा समेत आफूहरुले छलफल गरिरहेको भन्दै यस सम्बन्धमा पनि कानून बनाइने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्