३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

बिहीबार शेयर बजार स्थिर, ३ अर्बको कारोबार


234
Shares

काठमाडौं । बुधबार ३९ अंकको पहिरो गएको शेयर बजार बिहीबार नगन्य अंकले रातो रह्यो ।

तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले मात्र रातो रहेर २ हजार ४९ दशमलब ३८ कायम भएर थामियो । पटक पटक सकारात्मक रहेर २ हजार ६३ सम्म पुगेपनि वृद्धि अन्तिमसम्म टिक्न नसकेको हो । नेप्से सम्हालिंदा कारोबार पनि बुधबार सरह नै रह्यो ।

बिहीबार समूहगत उतार चढाव पनि बराबरै जसो रह्यो । ६ वटा समूह हरियो रहँदा ७ वटा समूह रातो रह्यो । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, उत्पादनमूलक, जीवन बीमा र व्यापार समूह सकारात्मक रहँदा बाँकी ऋणात्मक रहेका हुन् । घटेको बजारमा पनि होटल तथा पर्यटन समूहमा आकर्षण रहँदा नेप्से डेढ प्रतिशतले बढ्यो ।

जलविद्युत समूहमा पनि १ प्रतिशत हाराहारीको वृृद्धि आयो । लगानी, वाणिज्य बैंक, वित्त, अन्य, सामूहिक लगानी कोष, लघुवित्त र निर्जीबन बीमा समूह सामान्य अंकले रातो रहे । बिहीबार नेपाल स्टक एक्स्चेन्जमा २ सय ८० कम्पनीको शेयर ९७ लाख ५१ हजार कित्ता शेयर ३ अर्ब ७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

बिहीबार १ सय २७ कम्पनीको मूल्य ओरालो लाग्दा ९० कम्पनीको बढ्यो । घटेको बजारमा पनि सीटी हो्टल, रावा ईनर्जी, अपर तामाकोशी र जोशी हाइड्रोका लगानीकर्ताले १० प्रतिशत हाराहारी कमाए ।