८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बंगलादेशका कप्तान तमीम इक्बालले लिए सन्यास


1.339k
Shares

एजेन्सी । बंगलादेशका एकदिवसीय कप्तान तमीम इक्बालले भारतमा विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

बंगलादेशले अफगानिस्तानसँग तीन एकदिवसीय सिरिजको पहिलो खेलमा बुधबार हार व्यहोरेको थियो । हारको एक दिनपछि आज आयोजित पत्रकार सम्मेलनमा तमिमले सन्यासको घोषणा गरे ।

बंगलादेश क्रिकेट बोर्डले नयाँ कप्तानको नाम सार्वजनिक गरेको छैन । साकिब अल हसन र लिन्टन दासलाई तमिमको स्थानमा रहने अनुमान गरिएको छ ।

३४ वर्षीय तमीमले गत वर्ष नै टी–ट्वान्टी अन्तराष्ट्रियबाट सन्यास लिएका थिए । तमिमले सन् २००७ को फेब्रुअरीमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । तमीमले वेस्ट इन्डिजमा भएको विश्वकपमा भारतविरुद्ध जितमा महत्वपूर्ण अर्धशकीय पारी खेलेका थिए । उनले बंगलादेशका लागि सबैभन्दा धेरै एकदिवसीय रन बनाएका छन् ।

तमिमले ओडिआई क्रिकेटमा ८ हजार ३ सय १३ रन बनाएका थिए ।