२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्रीको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस भएको छ : गगन थापा


1.183k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

महामन्त्री थापाले प्रधानमन्त्री पष्पकमल दाहालले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहनलले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गर्नुभएको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री स्वयंले यस विषयमा संसदमा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने पनि स्पष्ट पार्नुभयो ।

महामन्त्री थापाले आजको बैठकमा जिल्ला सभापतिहरुले आगामी केन्द्रिय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिनुभएको बताउनुभयो । बैठकमा जिल्ला सभापतिहरुले नेपाली कांग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रश्तुती र प्रगतिको समीक्षा गर्दै बढी भन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् ।

पार्टीका नेताहरु भ्रष्टाचारको मुद्दामा जोडिएका, आरोपित भएको विषयमा कठोर रुपमा उभिन आग्रह गरेका छन् । राष्ट्रियताको सवालमा पनि पार्टीको स्पष्ट धारणा आउनुपर्ने कुरा बैठकमा राखेको महामन्त्री थापाले बताउनुभयो । पार्टी सभापतिहरुले नेपाली काँग्रेसले देशव्यापी प्रशिक्षण तथा जागरणको अभियान चलाउनुपर्ने सुझाव दिएको बताउनुभयो ।