९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


आईपीओ आवेदन रद्द गर्ने लगानीकर्तालाई अल्मल्याउने दाउ

घोराही सिमेन्टको अर्को बदनियत

24.128k
Shares

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओलाई परेको आवेदन रद्द गर्ने प्रक्रिया सम्भवतः आजदेखि सुरू हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकले आईपीओ फिर्ता लिन चाहनेहरूका लागि सूचना प्रकाशित गर्नुपर्ने निर्णय गरेपछि बिक्री प्रबन्धकले सो प्रक्रिया थालनी गरेको स्रोतको भनाइ छ ।

बोर्डले आईपीओ फिर्ताको सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र लगानीकर्ताले आईपीओ फिर्ता लिनसक्ने निर्णय गरेको थियो । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाका अनुसार लगानीकर्ताले आईपीओ फिर्ता लिन चाहेमा निष्काशन तथा बिक्री प्रबन्धकले सूचना निकालेको तीन दिनभित्र आवेदन दिनुपर्ने बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले सर्वसाधारण लगानीकर्ताले चाहेमा आईपीओ फिर्तासँगै थपघटसमेत गर्न सक्ने बताउनुभयो ।

बिक्री प्रबन्धकले शुक्रबार सूचना प्रकाशित गरे आइतबारसम्म लगानीकर्ताले आवेदन दिनसक्ने छन् । बिक्री प्रबन्धकले सूचना प्रकाशितका लागि दिएको आवेदन बोर्डले स्वीकृत गरेको स्रोतको भनाइ छ ।

बदनियतपूर्ण ढंगबाट महँगो मूल्यमा सेयर निष्कासन गरेर सर्वसाधारण लागनीकर्तालाई दिग्भ्रममा पारेर जनताको पैसा ठग्ने योजनामा लागेको घोराही सिमेन्टले आईपीओ रद्द गर्ने प्रक्रियामा समेत बदनियत देखाएको स्रोतको भनाइ छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।