२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्पेन जान खोज्ने एक हजार आप्रवासीको मृत्यु


11.856k
Shares

एजेन्सी । पछिल्लो ६ महिनामा स्पेन प्रवेश गर्न खोज्ने झण्डै एक हजार आप्रवासीहरुको मृत्यु भएको खुलासा भएको छ ।

वाकिङ वोर्डर्स नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ को पहिलो ६ महिनामा समुद्री मार्ग हुदै स्पेन प्रवेश गर्न चाहने ९ सय ५१ जना आप्रवासीको मृत्यु भएको उल्लेख छ ।

यसरी मृत्युवरण गर्नेहरुमा ४९ जना बालबालिका रहेका छन् । ज्यान गुमाउने आप्रवासीहरुमा अल्जेरिया, क्यामरुन, कोमोरसप कंगो, इथोपिया, गिनी, आइभोरीकोस्ट, माली, मोरक्को, गाम्बिया, सेनेगल, श्रीलंका, सुडान र सिरियाका रहेको पनि सो संस्थाले जनाएको छ ।

प्रतिवेदन अनुसार हरेक दिन औसत पाँच जना आप्रवासीहरु स्पेन प्रवेश गर्न खोज्दा मर्ने गरेका छन् ।